सन्जिब दुलाल
काठमाडौं ४ भदौ भक्तपुर
। घरेलु उद्योग प्रवर्द्धनमा सबै एक जुट हुनु पर्ने सरोकारवालाहरूले बताएका छन् ।
भादगाउँले कालो टोपी
उद्योग सङ्घको प्रारम्भिक साधारण सभामा सरोकारवालाहरूले घरेलु तथा साना उद्योग
प्रवर्द्धन गर्न सबै एक जुट हुनु पर्ने बताएका हुन् ।
भक्तपुरको मौलिक
पहिचानको रूपमा रहेको भादगाउँले कालो टोपी उद्योग सङ्घले आफ्नो पहिलो प्रारम्भिक
साधारण सभा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल
प्रजापतिले घरेलु उद्योग, हस्तकलालगायतका
उद्योगहरूले देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको बताउँदै यसको प्रवर्द्धनमा
हामी एक जुट भएर लाग्नु पर्ने बताउनुभएको थियो । उहाँले नगरपालिकाले यहाँका मौलिक
तथा परम्परागत सीप तथा कलाहरू संरक्षण र प्रवर्द्धनमा विशेष पहल गर्दै आइरहेको बताउँदै भक्तपुर भ्रमण गर्ने स्वदेशी तथा विदेशी
विशिष्ट पाहुनाहरूलाई भादगाउँले टोपी, जुः जुः धौ, मौलिक थैली र मयुरको झ्याल उपहार स्वरूप
प्रदान गर्दै आएको बताउनुभएको थियो ।
यस्तै उहाँले
भादगाउँले टोपीको गुणस्तर कायम गर्नुपर्नेमा जोड दिँदै घरेलु उद्योगहरूलाई
प्रवर्द्धन गर्न नगरपालिका सधैँ प्रतिबद्ध रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा
भक्तपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष उपेन्द्र सुवालले भादगाउँले टोपीको
शानलाई अझ उच्च राख्न व्यवसायीहरूले निरन्तर यसको संवर्द्धन र प्रवर्द्धनमा
लाग्नुपर्ने बताउँदै भक्तपुरका मौलिक वस्तुहरूको ट्रेडमार्क कायम गर्न सके अझ
फलदायी हुने बताउनुभएको थियो ।
त्यस्तै भक्तपुर
उद्योग वाणिज्य सङ्घका अध्यक्ष रोशनी मैयाँ धाबन्जाले भादगाउँले टोपी
प्रयोगकर्ताहरू कम हुँदै जाँदा व्यवसायीहरू निराश देखिएको बताउँदै भक्तपुरको मौलिक
टोपी प्रयोग गर्न सबैलाई उत्साहित गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा
भादगाउँले कालो टोपी उद्योगका सङ्घका अध्यक्ष सिताराम श्रेष्ठले देशकै पहिचान
बोकेको भादगाउँले टोपीको प्रयोगलाई सरकारी कार्यालयका कर्मचारीहरूमा अनिवार्य गर्न
सके यसको संरक्षणमा टेवा पुग्ने बताउनुभएको थियो ।
उक्त कार्यक्रममा
सल्लाहकार विश्वराम दुवाल, भक्तपुर हस्तकला
सङ्घका अध्यक्ष शम्भु श्रेष्ठ, भक्तपुर रेडिमेड
व्यापार सङ्घका अध्यक्ष राजेन्द्रकुमार प्रजापतिलगायतले शुभकामना मन्तव्य दिनुभएको
थियो भने प्रमुख अतिथि, अतिथिलगायत सम्पूर्णलाई सङ्घका
उपाध्यक्ष रत्नकाजी छुँजुले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार