काठमाडौं २९ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना र UNFPA को प्राविधिक सहयोगमा एकद्धार संकट व्यवस्थापन केन्द्र OCMC को प्रथम राष्ट्रिय सम्मेलनको पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ । एकद्धार संकट व्यवस्थापन केन्द्रको स्थापना १३ बर्ष अगाडी भएको हो । हिम्सा पिडित वा प्रभावित व्यक्तिहरुलाई स्वास्थ्य यपचार लगायत अन्य आवश्यक सेवा पुर्ण रुपमा एकद्धार रुपमा प्रदान गर्ने काम OCMC मार्फत हुन्छ । हालसम्म ९२ वटा अस्पतालबाट OCMC सेवा प्रदान गरिएको छ । जहाँ हिंसामा परेका व्यक्तिहरुलाई स्वास्थ्य, सुरक्षा, आवास, सशक्तीकरण, र समाजिक परामर्शसमेत दिईने काम गरिन्छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा पहिलो दिनको कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका कामहरु धेरै भएका तर सेवाग्राहीको अनुभुतिमा आउने गरि हुन नसकेकोमा दुःख व्यक्त गर्दै सम्मेलनले ठोस समाधान निकाल्नेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष , राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, महिला आयोगका अध्यक्ष, महिला मन्त्रालयका सचिव, नायव महान्यायधिबक्ता,युरोपियन युनियन र स्वीजरल्याण्डका राजदुत,अतिरिक्त प्रहरी महानिरिक्षक लगायतका विशिष्ट व्यक्तिहरुले हिम्सामा परेका महिलाहरुका निम्ति OCMC को भूमिका महत्वपुर्ण रहेको बताउदै यो अवधारणा अरु देशले समेत अवलम्बन गर्ने प्रकारको रहेकोमा गर्व महशुस गर्नुभएको थियो । कार्यक्रमको मध्य भागमा विभिन्न विशिष्ट महानुभावहरुका विचमा प्यानल डिस्कसन समेत भएको थियो । OCMC को बारेमा सवै माझ प्रचार प्रसार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उपसचिव रोसनी कार्कीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा महिला सशक्तिकरण सम्वन्धि नाटक मञ्चन र कविता बाचन समेत गरिएको थियो । भोलीको कार्यक्रम पछि यस सम्मेलनको निचोड र निष्कर्स निक्लिने बताइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार