अनर्गल र अवाञ्छीत गतिविधि त्यागी संवादमा आउन आग्रह

काठमाडौ ११ चैत । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु भएको आन्दोलन जारी  छ । आन्दोलनरत पक्षले स्काउटको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्ने प्रयास गरेपछि प्रशासनले रोक लगाएको थियो । आन्दोलनकारीहरूले निष्पक्ष छानबिन र संस्थाको सुधारका लागि आफ्ना मागहरू राखेका छन्।आन्दोलनकारीहरूले भने मागहरू पूरा नभए थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरू वार्ताका लागि सकारात्मक देखिए पनि समाधान नभएसम्म संघर्ष जारी राख्ने अडानमा छन्। यसै सन्दर्भलाई मध्यनजर गर्दै  नेपाल स्काउट प्रधान कार्यालय परिसरले आन्दोलनको नाममा भइरहेका यस्ता गतिबिधिले दैनिक कार्यसंचालन र चालु आवका कार्यक्रमहरु प्रभावकारी रुपमा संचालन गर्न नसकिएको बताएको छ । साथै राष्ट्रिय कार्यसमितिका पदाधिकारी र कर्मचारीहरुमा उच्च मनोबलका साथ काम गर्ने वातावरण नरहेको तथ्यप्रति आन्दोलनरत पक्ष समेत जानकार रहेको बताएको छ ।  

नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालय समक्ष आधिकारीक जानकारी र मागका बिषय पेश नगरीकन  दैनिक रुपमा भएको अवरोध र गतिविधि प्रति गम्भीर रहँदै नेपाल स्काउटको आधिकारीक पदाधिकारीले अनौपचारीक रुपमा आन्दोलनरत पक्षसँग पटक पटक संवाद मार्फत समाधानको पहल भएता पनि त्यस्ता गतिविधि जारी रहीरहनु चिन्ताको विषय हो, तसर्थ अनौपचारीक तवरबाट भएका संवादलाई औपचारीक रुप  दिनका लागि नेपाल स्काउटको राष्ट्रिय कार्यकारी समितिको मिति २०८१।१२।०६ गते बसेको बैठकले आयुक्त सन्तोष कुमार थापाको संयोजकत्वमा सहजीकरण समिति बनाउने निर्णय भएबमोजिम उक्त समितिले आन्दोलनरत पक्षसंग संवादका लागि पहल गरिरहेको छ । औपचारीक  रुपमा आफ्ना कार्यक्रम र बिषय प्रधान कार्यालयमा पेश नगरी एकोहोरो रुपमा भइरहेको यस्तो आन्दोलनले नेपाल स्काउटको छवि धमिल्याउने तर्फ सबै जना सचेत र सजग रहनुपर्छ ।  

संवाद मार्फत समस्याको निकास र सहजिकरणका लागि नेपाल स्काउटको नेतृत्व, राष्ट्रिय कार्यकारी समिति मात्रै होइन प्रमुख स्काउट एवं माननीय युवा तथा खेलकुद मन्त्री श्री तेजु लाल चौधरीज्यु स्वयम् पनि गम्भिर रहेको तथ्य भुल्न मिल्दैन । आन्दोलनरत पक्षकै माग बमोजिम  प्रमुख स्काउटको अगुवाईमा मिति २०८१।१२।०८ गते शुक्रबार उहाँकै कार्यकक्षमा आन्दोलनरत समुहको व्यक्तिहरु छलफलमा बसेको र छलफलका क्रममा प्रमुख स्काउटले  देखाउनुभएको चासो र निकासका लागि देखाउनु भएको मार्गदर्शनलाई आन्दोलनरत पक्षले सहजै स्वीकार गरी अगाडि बढ्नु नै समाधानको प्रारम्भीक बिन्दु हो । अनौपचारीक रुपमा प्राप्त, आन्दोलनरत पक्षबाट उठाइएका बिषयलाई सरसर्ती हेर्दा संस्थागत विषय भन्दा पनि कुनै एक व्यक्तीप्रतिको पुर्वाग्रह मात्र हो भन्दा फरक पर्दैन, यद्धपी धेरै बिषय विभिन्न आधिकारीक निकायमार्फत् संबोधन भइसकेको र वाँकी जायज विषयलाई संवादकै माध्यमबाट समाधान निकाल्नुपर्छ भन्ने मान्यतालाई हामी सबैले स्वीकार गर्नु आवश्यक छ । 

प्रतिक्रिया