काठमाडौं ५ भदौ । मायाको पहिचान नेपालका उपाध्यक्ष देबेन्द्र बहादुर खत्रीले रोजगारी नपाउँदा पेट पाल्नका लागि समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगी अर्थात् यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले देहव्यापार गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको छ । लैगिंक अल्पसख्यंक समुदायले हिजो किर्तिपुरमा मनाएको गाइजात्रामा उहाँले उक्त कुरा बताउनुभएको हो । भिन्न भिन्न समुदायले गाईजात्रालाई उत्सवको रूपमा मनाउदै आएका छन् । पुरुष र महिला भन्दा आफूलाई भिन्न पहिचानमा चिनाउनेहरू आफू अनुकूलका भेसभुसामा स्वतन्त्र पूर्वक सडकमा निस्केर गाइजात्रा मनाउन थालेका हुन् । समलिङ्गी सभासद् सुनिलबाबु पन्तले गाईजात्रालाई यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको उत्सवको रूपमा मनाउन सुरु गरेका थिए । काठमाडौँको ठमेलदेखि वसन्तपुरसम्म ¥याली निकाल्ने, मैनबत्ती बाल्ने, नाचगान गरी मनाइने गरिन्छ । पछिल्लो समय गत वर्षदेखि कीर्तिपुरमा पनि समलिङ्गी तेस्रो लिङ्गीहरूले गाईजात्रा उत्सव मनाउन थालेका छन् ।
भदौ ४ गते मगंलवार, राज्यका निकायमा सहभागिता सुनिश्चित गर्न माग गर्दै कीर्तिपुरको बाघभैरवदेखि उमामहेश्वर मन्दिरसम्म यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई गाईजात्रा मनाएका छन् । वर्षभर दिवङ्गत समुदायका सदस्यको चिरशान्तिको कामना गरेर गाइजात्रा मनाउने चलन छ ।
गाइजात्रामा तेस्रो लिङ्गीलाई नबुझेर बलात्कार गरेर फालिदिएको घटना अहिले पनि भइरहेको उनीहरूले सुनाए । तेस्रो लिङ्गी व्यक्तिहरूले आफ्नो ज्यान जोखिममा पारेरै अहिलेसम्म समाजको अगाडि खुलेर आएको समेत बताए थिए । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको राजनीतिक समावेशिताका लागि समाजमा सचेतना फैलाउने सन्देश लिएर गाईजात्रा उत्सवमा सहभागी भएको मायाको पहिचान नेपालका उपाध्यक्ष देवेन्द्रबहादुर खत्रीले बताए । ‘सरकारले सम्बोधन गरेको छैन, राजनीतिक, शैक्षिक, स्वास्थ्यका हिसाबले पछाडि पर्नु परेको छ,’उनले भने,‘राजनीतिक समावेशीताका लागि समाजमा उनीहरूलाई सभ्य रूपमा सचेतना फैलाउने सन्देश पनि बोकेर आएका छांै ।’ परिवार र देशमा स्वीकार्यताको अभाव, रात्रिकालीन र दिवाकालीन कामको अभावले आफ्नो पेट पाल्नका लागि देहव्यापार गर्नुपर्ने बाध्यता छ,’उनले भने,‘उहाँहरूलाई यस्ता किसिमका गतिविधिबाट विस्थापित गरेर सकारात्मक कामहरूमा स्थापित गर्नका लागि र जनजनमा हरेक व्यक्तिहरूलाई घरपरिवार, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा पनि यो समुदायका साथीहरू पनि एउटा मानवीय व्यक्तिहरू हुन भन्ने सचेतना फैलाउनका लागि गाईजात्रा पर्व यहाँहरूसँगै मनाइरहेका छौँ ।’
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार