महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियान लक्षित समझदारी

काठमाडौं ३० कार्तिक । महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच आगामी ११.११ अभियानको लागि ग्राहकहरुलाई विशेष अफर र लाभहरु प्रदान गर्न गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ । ११.११ को रुपमा विश्वव्यापी रुपमा नै मनाइने यस अभियान मार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ्ग सुविधाहरुलाई अझ विस्तार गर्दै जाने निति अनुरुप दराज नेपाल सँग समझदारी पत्रमा हस्ताक्षर भएको हो । यस समझदारी अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड लिएका ग्राहकहरुले दराज नेपाल मार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् । अनलाईन कारोबारलाई थप सुरक्षित बनाउन ख्ष्कब घम् सेक्योर्ड भएका यस बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डहरु मार्फत भुक्तानी गर्दा कारोबार थप सहज र सुरक्षित हुने बैंकले जनाएको छ । यस प्रकारका समझदारीबाट ग्राहकहरुसँग डिजिटल रुपमा जोडिन, ग्राहकहरुको भुक्तानी प्रक्रियालाई सुनिश्चित गर्न तथा डिजिटल नवप्रवर्तनको माध्यमबाट ग्राहक सन्तुष्टिलाई बढवा दिन सहयोग पुग्ने बैंकले विश्वास लिएको प्रेस विज्ञप्तिमा जनाएको छ । 



प्रतिक्रिया