काठमाडौं ४ चैत । गोकर्णेश्वर नगरपालिकाका स्थाई बासीन्दाले क्यान्सर रोगको उपचारमा छुट पाउने भएका छन् । उपचारको छुट सम्वन्धमा गोकर्णेश्वर नगरपालिका र भक्तपुर क्यान्सर अस्पताल बिच सम्झौता भएको हो । सम्झौता अनुसार गोकर्णेश्वर नगरबासीले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदा निम्नानुसार छुट पाउने भएका छन् । एक वर्षमा १ लाख बराबरको उपचारमा ३५ प्रतिशत मात्र शुल्क लाग्ने छ । अस्पतालको कुल उपचार खर्चमा १५ प्रतिशत र ऋत् क्अबल, CT Scan, Mammography सेवामा ३० प्रतिशत छुट हुने छ । नगरपालिकाले कुल खर्चको ५० प्रतिशत शोधभर्ना अस्पताललाई उपलब्ध गराउने छ । नगर प्रमुख दिपक रिसालले नगरबासीले क्यान्सर उपचारमा करिव ४ लाख बराबरको सहुलियत पाउने सम्झौता भएको बताउनुभयो । यस अघि नै नगरपालिकाले नगरबासीलाई निःशुल्क क्यान्सर परिक्षण गर्दै आइरहेको छ ।
३ चैत २०८१, सोमबार १०:२० मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार