नागरिक लगानी कोषद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५१ लाख सहयोग

काठमाडौं १८ अशोज । नागरिक लगानी कोषले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बाढीपिडितको लागि सहयोगार्थ नागरिक लगानी कोषले उक्त रकम प्रदान गरेको हो ।  नेपालभर यहि अशोज ११ र १२ गत आएको अविरल वर्षासँगै गएको बाढीपहिरोको कारण धेरै धन जनको क्षति भएको थियो ।  नगारिक लगानी कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्य बहादुर थापा र कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।  देशका विभिन्न भू–भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट उत्पन्न असहज अवस्थालाई सहयोग पु-याउन कोषले संस्थागत सामाजिक उत्तरदायित्व शिर्षक अन्तर्गत उक्त रकम प्रदान गरेको हो । 

प्रतिक्रिया