काठमाडौं कार्तिक २८ । आगामि मसिंर १६ गते हुन गईरहेको स्थानिय तहको उपनिर्वाचनमा ओखलढुंगा जिल्ला समन्वय समितिको रिक्त प्रमुख पदमा नेपाली कांग्रेसको तर्फबाट टेकराज भट्टराई सर्वसम्मत चयन हुनुभएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति ओखलढुंगाबाट नेका का नेता टेकराज भट्टराई सहित तिन जनाको नाम सिफारिस भएको थियो । कोशी प्रदेश समितिको निणर्यबाट सिफारिस मध्यका नेता टेकराज भट्टराई चयन हुनुभएको हो । आकांक्षी दुई जनाले समेत नेता टेकराज भट्टराईलाई समर्थन गर्नुभएको छ । जिल्ला समन्वय समितिका उम्मेदवारलाई पालिका प्रमुख र उप प्रमुखले मतदान गर्ने प्राब्धान रहेको छ । ओखलढुंगा जिल्लामा एक नगरपालिका र सात वटा गाँउ पालिका रहेका छन् । ८ वटा पालिकामा जम्मा १६ मत रहेका छन् । जसमध्य नेपाली कांग्रेसका ९, नेकपा एमालेका ५, नेकपा माओबादीका १ र जसपाका १ मत रहेका छन् ।
२८ कार्तिक २०८१, बुधबार ०९:५८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार