नाडा अटो शो मा माहालक्ष्मी विकास बैंकको सहभागिता

काठमाण्डौं, ११ भदौ । भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंकले सहभागिता जनाएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा महालक्ष्मी  विकास बैंकले सहभागिता जनाएको हो । बैंकले गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य बैंकले गर्नेछ । ९.९९ प्रतिशत ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको यस बैंक मार्फत सवारी कर्जा लिन चाहने ग्राहकहरुले भृकुटीमण्डपको स्टल न. E33 मा गई सम्पर्क गर्न सकिने छ । उक्त शो भदौ ११ देखि भदौ १६ सम्म सञ्चालनमा रहने बैंकले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । 

 बैंकका १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।

प्रतिक्रिया