चलचित्र लाज शरणमको राम्रो व्यापार

काठमाडौं १९ फागुन । चलचित्र ‘लाज शरणमले राम्रो व्यापार गरेको छ । विदा पछिको बिदा सकिएपछिको पहिलो ‘अफ डे’मा पनि दर्शकको राम्रो साथ पाएको छ । आइतबार दिउँसो २ बजे पछिका शो मा दर्शकको राम्रो अकुपेन्सीसहित यो चलचित्र चल्यो ।


काठमाडौंको सेन्टरमा रहेका हल र मोफसलमा पनि यो चलचित्रले राम्रो व्यापार गरेको वितरक तथा निर्माणपक्षले जनाएको छ ।  दर्शकको राम्रो साथ पाउँदा निर्माणपक्ष उत्साहित छ । दर्शकको साथ रहेकाले व्यापार पनि राम्रो गर्नेमा निर्माणपक्ष विश्वस्त छ । सामान्यतया आइतबारदेखि बिहीबारसम्म बिदा नहुँदा दर्शकको चाप देखिँदैन । तर, ‘लाज शरणममा आइतबार पनि उत्साहजनक साथ रहेकाले निर्माण चलचित्रको व्यापार गर्ने अनुमान लगाउन सकिन्छ । 


प्रतिक्रिया