३४ को मृत्यू, ९ सय ४९ जना डिस्चार्ज

काठमाडौं २६ भाद्र

काठमाडौं– जेन–जी आन्दोलन र त्यसपछिका घटनामा ३४ जनाले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म १३ सय ६८ जना घाइतेहरुको उपचार भइरहको मन्त्रालयले जनाएको छ । देशभरका ४१ अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ । 

३ सय २१ जना नयाँ व्यक्ति अस्पतालमा भर्ना भएको मन्त्रालयले जनाएको छ । घाइतेहरुमध्ये ९ सय ४९ जना डिस्चार्ज भएका छन् ।


प्रतिक्रिया