काठमाडौं १५ अशोज । निर्वाचन आयोगका आयुक्तहरुले सात दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । बाढी पहिरोबाट पुग्न गएको अकल्पनीय क्षतिबाट पीडितहरुलाई राहत प्रदान गर्न सहयोग पु¥याउनको लागि आयोगका माननीय प्रमुख आयुक्त र माननीय आयुक्तहरुले ७ (सात) दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रक उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् । यसैगरी आयोगका सचिव, सहसचिव लगायत सम्पूर्ण कर्मचारीहरुलाई स्वेच्छिक रुपमा सहयोग तथा सहायता प्रदान गर्न आव्हान गर्ने निर्णय समेत गरेको छ । निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै बाढी पहिरोमा परी दिवगंत भएका सम्पूर्ण व्यक्तिहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
१५ असोज २०८१, मङ्गलबार ०८:१७ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार