काठमाडौंबाट सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको जहाजको आपत्तकालिन झ्यालको सिसा खसेको छ । काठमाडौंबाट ९ बजेर ३१ मिनेटमा उडेको जहाज ल्याण्ड गरिसक्दा आपत्तकालिन झ्यालको सिसा नदेखिएपछि उड्डयन नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त जहाज ग्राउन्डेड गराएको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जहाजमा रहेको झ्यालको सिसा कसरी झर्यो भन्ने विषयमा अध्ययन गर्नका लागि ग्राउन्डेड गरिएको बताए । कलसाइन ९ एन एएलओ भएको जहाँको सिसा बाटोमा खसेको आशंका गरिएको छ । तर, पाइलटले ल्याण्ड गरेपछि मात्रै त्यसबारे जानकारी पाएका थिए । जहाजमा ११ सय २६ केजी सामान र दुई जना प्यासेन्जर थिए ।
२४ मङ्सिर २०८०, आईतबार ०६:३८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार