सुनसरी ०३ कार्तिक । सुनसरीको गढी गाउँपालिकामा गरिब, विपन्न र सुकुम्बासी परिवारलाई निःशुल्क घर बनाइदिने कार्य अगाडी बढेको छ । सुनसरी निर्वाचन क्षेत्र नं. ३ का सांसद भगबती चौधरीको सक्रियतामा सो क्षेत्रका गरिब, विपन्न, र भूमिहिन नागरिकका हकमा निःशुल्क घर बनाइन लागिएको हो । चुची फाउण्डेशनले सो क्षेत्रका गरिब, विपन्न नागरिकका लागि निःशुल्क घर बनाइदिने प्रस्ताव ल्याएकोमा गढी, बर्जु, इनरुवा नगरपालिकाले सैद्धान्तिक सहमति प्रदान गरेका थिए । मन्त्री चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री हुँदै गर्दा फाउण्डेशनले देशका विभिन्न क्षेत्रमा रहेका गरिब, विपन्नहरुलाई सुरक्षित आवास निर्माणको परियोजना ल्याएको थियो । सो क्रममा सुनसरी जिल्लाकै अति पिछडिएको क्षेत्रका रुपमा रहेको बर्जु र गढी गाउँपालिकामा पनि सुरक्षित आवास परियोजना सञ्चालन गर्ने प्रस्ताव अनुरुप सुनसरी ३ नं. क्षेत्रभर एक सय घर निर्माणको सम्झौता भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार