पोखरामा फाईनल भलिबल प्रतियोगिता

पोखरा १४ अशोज । पोखरा नदिपुरको छन्त्याल समाजघरमा आठौं क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको फाइनल खेल मंगलबार हुने भएको छ ।प्रतियोगितामा एपिएफ मालेपाटन पोखरा र गल्कोट स्पोर्टस् क्लब, वागलुङ विच प्रतिस्पर्धा हुने छ । महिला तर्फ धादिङ स्पोर्टस् क्लब र नदीपुर एफसी, पोखरा विच प्रतियोगिता हुने भएको छ । छन्त्याल समाजको खेल मैदानमा प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक मनोज खड्काले जानकारी गराएका छन् ।सोमबार भएको सेमिफाइनलको पुरुष तर्फ पहिलो सेट १८–२५ ले गुमाएको गलकोटले दोस्रो सेट २५–२२ ले जितेको थियो । तेस्रो १९–२५ ले गुमाएपछि पुन चौथो २७–२५ र पाँचौ सेट १५–११ जित्दै फाइनलको लागि आफ्नो नाम दर्ता गर्न सफल भएको हो ।

 सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ मालेमाटनले नेपाल युथ स्पोर्टस क्लब जापानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको छ ।एपिएफले नेपाल युथ स्पोर्टस क्लबलाई २५–२२, २५–२३ र २७–२५ ले पराजित गर्दै फाइनलको लागि आफ्नो नाम पक्का गरेको हो । उपाधिका लागि एपिएफले गलकोटसँग मंगलबार दिनको १ बजे प्रतिस्पर्धा गर्नेछ ।त्यसैगरी महिलातर्फको पहिलो सेमिफाइनलमा नदीपुर एफसीले शान्ता भलिबल पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश ग-यो ।नदीपुर एफसीले शान्ता भलिबल पोखरालाई २६–०७, २५–१६ र २५–१७ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।यस्तै दोस्रो सेमिफाइनल खेलमा धादिङ स्पोर्टस क्लब धादिङले बागलुङ टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा नदीपुर एफसीसँग भेट पक्का गरेको छ ।

धादिङ स्पोर्टस क्लबले टिम बागलुङलाई २५–२३, २५–११ र २५–१७ ले पराजित गरेको हो । उपाधिका लागि धादिङ स्पोर्टस र नदीपुर एफसी मंगलबार विहान १० बजे प्रतिस्पर्धा गर्ने पोखरा भलिबल प्रशिक्षण केन्द्रका संरक्षक पदम श्रेष्ठले जानकारी गराए ।

प्रतिक्रिया