मुगुका तस्विर काठमाडौंमा प्रर्दशन

काठमाडौं ०७ अशोज । मनघरी फाउण्डेशनको आयोजनामा काठमाडौंको नयाँ वानेश्वोरमा  मुगुका तस्वीर र भिडियोका साथै स्थानीय सामग्रीको प्रदर्शन सुरु भएको छ । शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्न सुरु गरिएको ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तगर्त यसपटक मुगु जिल्लाको प्रर्दशनी सुरु गरिएको  फाउण्डेशनका अध्यक्ष तथा फोटो पत्रकार भारत बन्धु थापाले जानकारी दिए  । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा रहेको मुगु जिल्ला झल्कने गरी काठमाडौंमा तस्वीर, भिडियो, डोल्पा जिल्लामा उत्पादित सामग्रीहरू प्रर्दशनी सुरु गरिएको छ । प्रर्दशनीको अवलोकन गर्दै पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले तस्वीर, भिडियो प्रर्दशनीले कर्णाली प्रदेशको प्रर्वद्धनमा सहयोग पुग्ने बताउनुभयो ।

प्रतिक्रिया