लक्ष्यजीत मल्ल (कक्षा ७) र समृद्धि मल्ल (कक्षा ५) ले बालमन्दिर आधारभूत विद्यालय मा अध्ययनरत २३ जना अनाथ बालबालिकालाई शैक्षिक सामग्रीसहित विभिन्न आवश्यक सामानहरू प्रदान गरेका छन् । भक्तपुर नगरपालिकाको दरबार क्षेत्रस्थित उक्त विद्यालयका छात्र छात्राहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । काठमाडौंको काँडाघारीमा अध्ययनरत यी दाजु–बहिनीले विद्यालयमा अध्ययनरत बालबालिकालाई झोला, कापी, कलम, पेन्सिल, कटर, पोशाक, जुत्ता, मोजा तथा नगदसमेत सहयोग गरेका हुन् । उनीहरूको यो योगदान स्वर्गीय हजुरआमा लोचनाकुमारी मल्ल (विद्यालयकी पूर्व प्रिन्सिपल) को स्मृतिमा गरिएको हो ।
विद्यालयकी प्रधानाध्यापिका न्हुछेंलक्ष्मी गोराका अनुसार विद्यालयमा नर्सरी, केजी, र कक्षा १ गरी तीन कक्षामा अध्ययनरत २३ जना सबै बालबालिका आमाबुबा विहीन अनाथ हुन् । यी विद्यार्थीहरू विद्यालयमै बस्छन्, खान्छन् र पढ्छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राजकृष्ण गोरा प्रमुख अतिथिका रूपमा कार्यक्रममा उपस्थित थिए। उनले सानै उमेरमा सहयोगको महत्व बुझेर गरेका यी बालबालिकाहरूको योगदान प्रेरणादायी भएको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार