काठमामौं १७ मसिंर । नागरिक लगानी कोषका सहभागीहरुले शाखा कार्यलयबाटै आवास र सरल कर्जा पाउने भएका छन् । नागरिक लगानी कोषका सबै शाखा कार्यट निश्चित रकमसम्मको आवास र सरल कर्जा उपलब्ध गराउने व्यवस्था मिलाएको कोषले जानकारी दिएको छ । यस भन्दा अघि सवै शाखा कार्यलयहरुले आवास र सरल कर्जा स्वीकृतिको लागि कर्जाका कागज केन्द्रिय कार्यलयमा पठाउनुपर्ने हुन्थ्यो । अव भने मोफसलबाटसमेत कर्जा लिन सहज गराउन यस्तो व्यवस्था मिलाइएको नागरिक लगानी कोषको प्रेस विज्ञप्तिमा उल्लेख छ । कोषले सहभागीलाई बचत रकमको ९० प्रतिशत ऋण सापटी दिने व्यवस्था मिलाएको छ । यस अघि सहभागीको जम्मा रहेको बचत रकमको ८० प्रतिशत मात्रै सापटी दिने व्यवस्था रहेको थियो ।
१७ मङ्सिर २०८१, सोमबार ०६:५९ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार