काठमाडौं ६ अशोज । प्युठान घर भई बिर अस्पतालमा पाठेघरको अप्रेशन गर्न आएकी ४० बर्षकी आशा थापा मगरको सुतेको ठाउँबाट कागज, नगद र लुगासहितको झोला हराएको छ । उनि शुक्रबार साझ प्युठानबाट गाडी चढेर शनिबार बिहान काठमाडौ आईपुगेकि हुन् । रु ५० हजार नगद, नागरिकता,वडाका सिफारिस,लुगाफाटोसहितको झोला सिराने हालेर अस्पतालको बाहिर बेन्चमा १० बर्षे छोरी सहित सुतेकी मगरले सवै सामान हराएको बताएकी छिन् । उनका अनुसार गत साउनमा शिक्षण अस्पताल महाराञ्जगञ्जमा जचाउँदा पाठेघरको क्यान्सर पत्ता लागेको थियो । प्युठानको झिम्रुक गाउँ पालिका वडा नम्वर ८ तुसारा स्थाई घर बताउने थापासगँ साथमा १० बर्षकी छोरी वर्षा थापामगर पनि साथै आएकी छन् । शनिबार अस्पतालको ओपिडि बन्द भएकाले उनि आईतवार भर्ना हुने र उपचार गराउन उनि अस्पतालकै प्रागंडमा सुतेको बताउछिन् । सुतेकै ठाउँबाट झोला हराएपछि आफुहरु अलपत्र भएको उनिहरुले बताए । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रुदै आएका आमाछोरीको उद्धारका निम्ति मन्त्रालयमा कार्यरत उपसचिव रोसनी देवी कार्की र वरिष्ठ कम्युनिटी अधिकृत सुना कर्मचार्यले पहल गर्नुभएको छ । बिरामी मगरको भोलि अशोज ७ गते सोमवार बिर अस्पतालमा सिसिटिभि फुटेज जाँच गरिने बिर अस्पताल श्रोतले जानकारी दिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार