काठमाडौं ६ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रविच संघिय सरकारको माताहतका १७ वटा अस्पतालमा थन्किएका उपकरणको मर्मत सम्भार र व्यवस्थापन गर्ने सम्झौता भएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलको सक्रियतामा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र आविष्कारका तर्फबाट अध्यक्ष डा. महावीर पुनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा स्वास्थ्य मन्त्री पौडेलले राज्यमा उपलब्ध सीमित स्रोत साधनबीच स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई चुस्त र व्यवस्थित तुल्याउनुपर्ने भएकाले राष्ट्रिय आविष्कार केन्द्रसगँ सहकार्य गर्न लागिएको बताउनुभयो । त्यस्तै स्वदेशी स्रोत र सीपको प्रयोग गरी स्वदेशमै केही सम्भावनाको खोजी गरिरहनुभएका समाजसेवी महावीर पुनको पवित्र उद्धेश्यलाई ध्यान दिई मन्त्रालयले सुम्पिएको अविभारा पुनले पुरा गर्नहुने बिश्वास समेत व्यक्त गर्नुभयो । पूरा गर्न केन्द्रका अध्यक्ष पुनले स्वास्थ्य क्षेत्र सुधारका सन्दर्भमा केन्द्रले महत्वपूर्ण जिम्मेवारी पाएको प्रतिक्रिया दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार