काठमाडौं १८ मसिंर । नेपाली कांग्रेसका नेता टेकराज भट्टराईले ओखलढुंगाको जिल्ला समन्वय समितिको प्रमुख पदको पदभार ग्रहण गर्नुभएको छ । मसिंर १६ को स्थानिय तहको उपनिर्वाचनबाट निर्विरोध निर्वाचित भएका भट्टराईले पदभार ग्रहण गर्नुभएको हो । मसिंर २ गतेको मनोनयन दर्तामै टेकराज भट्टराई निर्विरोध हुनुभएको थियो । ओखलढुंगाका मुख्य निर्वाचन अधिकृत एवं न्यायधिस गिरीराज गौतमले निर्वाचित भट्टराईलाई प्रमाणपत्र वितरण र शपथ ग्रहण गराउनुभएको थियो । १ बर्षभन्दा बढि समय रिक्त रहेको जिल्ला समन्वय समितिको प्रमुख पद आज मंगलबारबाट पुर्ण भएको हो । प्रजातन्त्र प्राप्तिका निम्ति पटक पटक जेल जिवन व्यतित गर्दै आउनुभएका भट्टराई लामो समयदेखि नेपाली कांग्रेसको राजनितिमा सक्रिय हुनुहुन्छ । ओखलढुंगामा रहेका ८ स्थानिय तहमा जम्मा १६ मत रहेका थिए । जसमा कांग्रेसका ९, नेकपा एमालेका ५, माओबादी केन्द्रका १ र जनता समाजबादीका १ मत रहेका थिए । नेता टेकराज भट्टराईलाई सहयोग गर्ने भन्दै नेकपा एमालेले उमेद्धारी दिएन । एमालेले भट्टराईलाई समर्थन गरेको भन्दै प्रेस विज्ञप्ति नै जारी गरेको थियो । अरु राजनीति दलहरुले समेत मौखिक समर्थन गरेक थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार