काठमाडौं २६ भदौ । भदौ २७ गतेददेखि ३ दिनसम्म जलवायु सम्वन्धी अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावमा केन्द्रित रहेर उक्त सम्मेलन हुने भएको हो । नीति अनुसन्धान प्रतिष्ठान नेपालले पत्रकार सम्मेलन गरेर काठमाडौंमा हुन लागेको सम्मेलनमा नेपाल, भारत, बंगलादेश, म्यानमार र भुटानका प्राध्यापक, वैज्ञानिक र जलवायु तथा वातावरणको क्षेत्रमा कार्यरत विज्ञहरु सहभागी हुने जानकारी गराएको छ । त्यस्तै म्यानमार लगायत दक्षिण एसियाली राष्ट्रका प्रतिनिधिहरुले जलवायु परिवर्तन, वातावरणीय प्रभाव र यसको असर सम्वन्धी प्रस्तुति दिने छन् ।
२६ भदौ २०८१, बुधबार ०८:२६ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार