काठमाडौं १७ भदौ । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न सेवाहरुमा छुट दिने भएको छ । बैंकले विभिन्न स्थानमा अवस्थित स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट लगायतका संस्थाहरुसँग सम्झौता गरेर छुट दिन लागेको हो । महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा निम्नलिखित छुट लिन सक्नेछन् । चावहिलमा रहेको कसमस रिट्रट्स प्रा.लि मा जन्मदिन, विवाह लगायतका वार्षिक उत्सव र पार्टीमा १५ प्रतिशत र विभिन्न तालिममा १० प्रतिशत छुट हुने बैंकले जनाएको छ । विरगञ्ज पर्सामा रहेको श्रीराम हस्पिटल प्रा.लि मा ,हेटौडामा रहेको सि.एम. सी चुरे हस्पिटल, विरगञ्जमा रहेको होटल भिषुवा प्रा.लि., नयाँ बानेश्वरमा रहेको शितल चौतारी होटल म्यानेजमेन्ट इन्स्टिच्युट एण्ड रोस्ट्रो प्रा.लि र हेटौडामा रहेको अल्फा डेन्टलमा ७ देखि ३० प्रतिशतसम्म छुट दिने बैंकले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार