नेपाल परिवार दलका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य एकनाथ ढकाल श्री एअरलाइन्सको २२५ नम्बरको जहाजमा काठमाडौँ बाट धनगढी जाने क्रमामा करिब ३० मिनेटको उडान पछि प्राबिधिक समस्या भन्दै जहाज पुन काठमाडौँ फर्काएपछि ढकालले आफ्नो फेसबुकमा श्री एअरलाइन्सको जहाजमा के प्राबिधिक समस्या भएको हो ? यात्रुहरुलाई त्यसबारेमा किन जानकारी नगराएको तर प्राबिधिक चेक जांच नगरी किन जहाज उडान गरिन्छ ? हवाई यात्रीहरुलाई चर्को भाडा लिएर पनि किन जोखिम पूर्ण यात्रा गरिन्छ ? भन्दै सामाजिक संजालमा आक्रोस पोखेका छन्। उनले सम्बन्धित निकाय र नागरिक उड्ययन मन्त्रालयको गम्भीर ध्यान दिनुपर्ने र यस्ता घटनालाई बेवास्ता नगर्न आग्रह गरेका छन् ।
८ मङ्सिर २०८०, शुक्रबार ०७:५८ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार