नरसिंह अवतार फिल्म निर्माणको घोषणा

काठमाडौं २४ साउन । निर्देशक दिवाकर भट्टराईले नरसिंह अवतार फिल्म निर्माणको घोषणा गर्नुभएको छ । निर्माण पक्षले फिल्मको घोषणा सगैं थिम पोस्टर समेत सार्वजनिक गरेको छ । थिम पोस्टरमा रातो र निलो रङ प्रयोग छ । फिल्मको कथाले युद्ध र शान्तिको संकेत गरेका छन् । साथै पोस्टरमा नरसिंहको उग्र अवतार छ । यो फिल्ममा महानायक राजेश हमाल कमव्याक गर्दै छन् । महानायक हमालले सेतो पर्दामा नदेखिएको आठ बर्षभन्दा धेरै भइसकेको छ । 


प्रतिक्रिया