काठमाडौं १३ भदौ । महालक्ष्मी विकास बैंकले निसान ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमा कर्जा प्रदान गर्ने भएको छ । बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रा.लि बीच समझदारी भएको हो । सम्झौता अनुसार निसान ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमा कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधी रहने र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी बैंकले कर्जा प्रदान गर्नेछ ।
१३ भदौ २०८१, बिहिबार ०८:०१ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार