काठमाडौं १५ माघ । नेपाली चलचित्र ‘एक्टरः टेक वन’को ग्रान्ड प्रिमियर सोमवार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा सम्पन्न भएको छ । झकिझकाउ सेटमा आयोजित प्रिमियर शोमा करिब सात सय जनाको उपस्थिति रहेको थियो ।
यस चलचित्रका अभिनेता द्वय प्रदिप खड्का र राजबल्लभ कोइराला साथै अभिनेत्री द्वय अन्ना शर्मा र दिव्या रायमाझीको प्रिमियर प्रवेशले सबैको ध्यान खिचेको थियो । नेपाली चलचित्र क्षेत्रका कलाकारहरू सहित विशिष्ट व्यक्तित्वहरू, चलचित्र निर्माण टोलीका सदस्यहरू, उनीहरूका पारिवारिक सदस्य तथा व्यापारिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति प्रिमियरमा देखिएको थियो । सहिद दिवसको विशेष अवसर पारेर माघ १६ गते, बुधवार सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टरः टेक वन’को प्रिमियरको लागि यस चलचित्रका अभिनेता कोइराला अमेरिका देखि दुई दिनअघि मात्र नेपाल आएका थिए । यो चलचित्र भुसालको पहिलो निर्देशकीय चलचित्र हो । निर्माण पक्षले ‘एक्टरः टेक वन’लाई नेपाली चलचित्र उद्योगमा फरक छाप राख्ने र दर्शकको ठुलो साथ पाउने अपेक्षा गरेको छ । यस चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ । चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निरमाता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनीश भुसाल रहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार